सातै प्रदेशले पाए मुख्यमन्त्री
काठमाडौं : सातै प्रदेशले मुख्यमन्त्री पाएको छ। बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्। मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका हुन्।
बागमती, गण्डकी र प्रदेश १ ल भने यसअघि नै मुख्यमन्त्री पाइसकेको छ। बागमतीमा माओवादीका शालिकराम जमकट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी र प्रदेश १ मा एमालेका हिक्मत कार्की नियुक्त भएका हुन्।