Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सार्वजनिक सुनुवाई सम्पन्न, आठ बुँदे प्रतिबद्धता

दैलेख  :  जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक अवधीमा प्रवाह गरिएको वार्षिक विकास कार्यक्रम तथा सेवा प्रवाहको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । गाउँपालिकाको आयोजना तथा जेम मिडिया ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षामा आठ बुँदे साँझा प्रतिबद्धता घोषणा गरिएको छ ।

प्रतिबद्धताहरुमा गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालित योजनाहरु समयमै सम्पन्न गर्न र बजेट फ्रिज हुन नदिन सक्दो प्रयास गर्ने र सोहि अनुसार गाउँपालिकाले योजनाहरु कार्यान्वयनमा कडाई गर्ने भएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण कृषकहरुको हितमा हुने गरि आवश्यक नीति, बजेट तथा कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिकाले प्रतिबद्धता जनाएको हो ।

गाउँपालिकाभित्र सञ्चालन हुन बाँकी क्रमागत योजनाहरु सम्पन्न गर्ने सम्बन्धमा गाउँपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरि चालु आर्थिक वर्षमा कार्यान्वयन हुने विकास योजनाहरु वडामै गएर सम्झौता गरिरहेको गाउँपालिकाले यो कार्यलाई निरन्तरता दिने भएको छ ।युवाहरुलाई रोजगारी सृजना गर्न गाउँपालिकाले आवश्यक कार्यक्रमहरु अघि सार्ने प्रतिबद्धता जनाएको छ । युवाहरुलाई रोजगारी सृजना गर्न गाउँपालिकाले विभिन्न विकास साझेदार संघ संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने जनाएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधिन अवस्थामा छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाले उक्त भवन निर्माणको कामलाई सम्पन्न गर्न पहिलो प्राथमिकतामा राखेर बजेट व्यवस्थापन लगाएतका काम गर्ने प्रतिबद्धता जनाएको छ ।साभार ज्वाला सन्देश