Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पूर्ण खोप जिल्ला घोषित बाँकेमा देखियो दादुरा

बाँके  :  गत वर्ष पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगञ्जमा दादुरा संक्रमण फैलिएको छ। नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा फैलिएको दादुराबाट २९ बालबालिका संक्रमित भएका छन्। दादुराबाट संक्रमित एक बच्चाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।

सबै बालबालिकालाई खोप नलगाइसक्दै पूर्ण खोप जिल्ला घोषणा गर्ने हतार गर्दा यस्तो समस्या आएको भन्दै आलोचना हुन थालेको छ। एक्कासी फैलिएको दादुराबाट हालसम्म २९ जना बालबालिका संक्रमित भएका छन्। यसमा एकाघरका ६ जनासम्म बालबालिका छन्’ खोप सुपरभाइजर श्रेष्ठले भने। ५ देखि १२ वर्षसम्मका बालबालिकामा हाल दादुरा संक्रमण देखिरहेको समेत उनले बताए।

दादुरा देखिएका बालबालिकामा ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दाग देखिएको सुपरभाइजर श्रेष्ठले बताए। हाल दादुरा संक्रमण देखिएका बालबालिकाहरूको प्रारम्भिक रूपमा अध्ययन गर्दा संक्रमितमध्ये धेरै बालबालिकाले खोप नलगाएको पाइएको समेत उनले बताए।