Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

विश्वासको मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालको आग्रह


काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र)को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

ुसम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा भेटी सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ, दाहालका सहयोगी रमेश मल्लले भने ।

अध्यक्ष नेपालले भने सरकारको नीति तथा कार्यक्रम हेरेर मात्रै सरकारमा सामेल हुने वा नहुने निर्णय गर्ने बताएका छन् । यसबारे निर्णय गर्न उनको पार्टीले यसअघि नै पार्टी सचिवालयलाई जिम्मा दिइसकेको छ । प्रधानमन्त्री दाहालको सरकारलाई हाल संसदमा रहेका सातवटा पार्टीले समर्थन गरेका छन् भने सरकारले संसद्‌मा विश्वासको मत लिन भने बाँकी छ ।