Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

समुहलाई कृषि सामाग्री हस्तान्तरण


अमृत बहादुर प्याकुरेल

दैलेख  :  डुगेश्वर गाउँपालिका –२ र ३ वडामा गठन गरिएको विभिन्न समुहलाई समाग्री हस्तान्तरण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका,संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ ग्रिन रिकभरी परियोजना द्धारा गठन गरिएका समुहलाई समाग्री हस्तान्तरण गरिएको हो ।

महिला सशक्तीकरण मञ्च नेपालका कृषि प्राविधिक संयोजक दिवस केसीले परियोजनाको सहयोगमा कृषि र बाख्रा समहुलाई समाग्री वितरण गरिएको बताए । उनले १० वटा कृषि समुहलाई ७ वटा हाते ट्याक्टर, २४ वटा स्प्रेयर ट्याङकी र बाख्रा पालन समुहलाई ३ वटा च्याफ कटर वितरण गरिएको बताए । उनले किसानका आग्रह अनुसार सामाग्री वितरण गरिएको बताए ।