घुम्ती शिविर मार्फत योजनाको सम्झौता
दैलेख : गाउँपालिका बाट सञ्चालन भएका योजनाहरूको सम्झौता गर्न गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेको छ । सानातिना योजनाको सम्झौता गर्न पालिकामै धाउनु बाध्यता अन्त्य गर्न पालिकाका सबै वडामा योजना सम्झौता शिविर सञ्चालन गरी योजनाको सम्झौता गर्न लागेको हो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारी वडामै गाउँमै खटाई योजना सम्झौता घुम्ती शिविर सञ्चालन गरिएको गुराँस गाउँपालिकाले जनाएको छ ।
गुराँस गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष दीपेन्द्र ओलीले भने, पुस ७ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नाराको साथ चालू आर्थिक वर्षका स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतका योजना सम्झौता गर्न वडाहरूमा घुम्ती शिविर सञ्चालन गरिएको हो बताए ।
उनले योजना सम्झौताको लागि एकै पटक सबै वडाबाट गाउँ कार्यपालिकाको कार्यालयमा उपभोक्ताहरू पुग्दा भिडभाड हुने,रकम खर्च हुने र उपभोक्ता तथा नागरिकले दुःख पाउने भएपछि ,गाउँपालिकाले योजना सम्झौतालाई गाउँमै गएर निर्णय गरेको बताए । उनका अनुसार पुस १३ गते देखी २१ गते सम्म वडामा योजना सम्झौता शिविर सञ्चालन हुने छ ।
गाउँपालिका बाट सञ्चालन हुने योजनाहरूको सम्झौता गर्ने पालिका जानु पर्ने र उपभोक्ता समितिका पदाधिकारी अनिवार्य बस्ने त्यसको खर्च योजना बाट व्यहोर्नु पर्ने बाध्यताको अन्त्य भएपछि गाउँपालिकाका नागरिक तथा उपभोक्ता खुसी भएका छन् । गुराँस गाउँपालिका –७ का नवीन थापाले साना योजना देखी ठुला योजनाहरूको सम्झौता गर्न सधैँ सास्ती खेप्नु परेको स्मरण गर्दै गाउँमै आएर योजना सम्झौता गरेकाले समयको बचत हुनुको साथै उपभोक्ता दुःख हटेको बताए ।
उनले योजनाको सम्झौता र फर फारक गर्न जाँदा उपभोक्ता समितिले विभिन्न बाहान रकम खर्च गर्ने समस्या समेत समाधान भएको बताए । उनले भन्नुभयो यस्तो निर्णयले सुशासन प्रर्बद्धनमा समेत सहयोग पुग्ने बताए ।
गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले नागरिकको मागअनुसार योजना निर्माणको लागि थोरै–थोरै बजेट समेत बिनियो जन गर्नु पर्ने त्यसको सम्झौताका लागी पालिकामा धाउनु पर्ने समस्या कारण गाउँपालिकाले वडा स्तरमै घुम्ती शिविर सञ्चालन गरी योजनाको सम्झौता गर्ने निर्णय गरेको बताए ।
उनले गाउँ कार्यपालिका बैठक बाट पालिकाबाट उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूमा उपभोक्ता समितिले बेहोर्नुपर्ने लागत सहभागिता अनिवार्य गर्दै उपभोक्ता समितिहरूका लागि पाँच लाख सम्मका योजनामा तीन हजार र पाँच लाख भन्दा माथिका योजनामा पाँच हजार प्रशासनिक खर्च उपलब्ध गराउने निर्णय समेत गरेको बताए ।
फोटो क्याप्सन ः गुराँस गाउँकार्यपालिकाको कार्यालय दैलेख । तस्बिर कमल शर्मा