Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

महान्यायाधिवक्तामा डा दिनमणि पोखरेल सिफारिस

काठमाडौं  :  सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा दिनमणि पोखरेल सिफारिस भएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता डा पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन । यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुनविज्ञका रुपमा काम गरेका थिए ।