Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

 


दैलेख  :  दैलेखमा घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको ज्यान गएको छ । बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँटीमा मासु अड्किएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । उपचारको प्रयास भइरहँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।