Loading... आजः बिहिबार, कार्तिक २२, २०८१
Trending

माओवादीलाई प्रधानमन्त्री दिनुपर्ने प्रचण्डको अडान

काठमाडौं :  नेकपा माओबादीकेन्द्रका अध्यक्ष पुष्पकमल दहालले सत्तागठबन्धनलाई निरन्तरता दिन माओवादीलाई प्रधानमन्त्री दिनुपर्ने अडान राखेका छन । आइतवार कांग्रेसको पदाधिकारी बैठक अघि प्रचण्ड भेट्न पुगेका नेपाली काँग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यसका लागि सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए। त्यसको जवाफमा प्रचण्डले पहिलो कार्यकालमा आफुलाई प्रधानमन्त्री दिन काँग्रेस तयार हुनु पर्ने बताए ।

प्रचण्डले शनिबार प्रधानमन्त्री देउवालाई भेटी आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले प्रचण्डसँग कुरा गर्न खड्कालाई खुमलटार पठाएको बालुवाटार स्रोत जनाएको छ। उपसभापति खड्काले दोस्रो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्ने बताएका थिए।

जवाफमा प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउन कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। ुवर्तमान सत्ता गठबन्धन जोगाउने हो भने मलाई प्रधानमन्त्री बनाउनुहोस्,ु प्रचण्ड र खड्काको भेटलाई उदृत गर्दै स्रोतले जनाएको छ। प्रचण्डले दोस्रो चरणमा माओवादी केन्द्रले कांग्रेसलाई प्रधानमन्त्रीमा सघाउने जवाफ खड्कालाई दिएका थिए।