Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पुनः मतदानको माग गर्दै झलनाथले हाले सर्वोच्चमा मुद्दा


काठमाडौँ  :  एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गर्दै संवैधानिक इजलासमा मुद्दा हालेका छन्। मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा इलामा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले पुन मतदानको माग गर्दै मंगलबार सर्वोच्चमा मुद्दा हालेका हुन्।

गठबन्धनका उम्मेदवारका रुपमा उनले २३ हजार ८९ मत पाउँदा एमालेका बस्नेतले २५ हजार ७५३ मत ल्याएर चुनाव जितेका छन्। खनालले मतगणनादेखि नै धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गर्ने बताउँदै आएका छन्। कांग्रेसले अन्तरघात गरेका कारण चुनाव हारेको दाबी गर्दै उनले द्रव्यपिचासको संज्ञा लिएका थिए।

खनालले केही मतदान केन्द्रमा भने पुनः मतगणना हुनुपर्ने माग दाबी निवेदनमा गरेका छन्। खसेको भन्दा बढी मत मतपेटिका भेटिदा पनि निर्वाचन आयोगले मान्यता दिएर आफूलाई हराएको उनको जिकिर छ।