परियोजनाको संयुक्त अनुगमन
अमृत बहादुर प्याकुरेल
दैलेख : डुङ्गेश्वर गाउँपालिका,संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ ग्रिन रिकभरी परियोजनाको सयूक्त अनुगमन गरिएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा, एकल महिला, घरेलु हिंसा, अपाङ्गता भएका र विपन्न वर्गका कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको परियोजनाले हाल सम्म सञ्चालन गरेका विभिन्न गतिविधिका विषयमा अनुगमन गरिएको हो ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले परियोजनाले रोजगारी गुमाएर स्वदेश फर्केका युवा, एकल महिला, घरेलु हिंसा, अपाङ्गता भएका र विपन्न वर्गका कृषकको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन भएको परियोजना प्रभावकारी भएको बताए । उनले गाउँपालिकाको समेत साझेदारीमा सञ्चालित परियोजनाले वास्तविक कृषकको जीवन स्तर उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
अनुगमनमा डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपाने युवाहरूले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको परियोजनाले कृषकहरूलाई ब्यबसायिक तरकारी खेती र बाख्रा पालन गर्न प्रेरणा जगाएको बताइन । उनले भनिन् कृषकले ब्यबसायिक तरकारी उत्पादन गर्छौ त्यसका लागी बजारीकरण र कृषि संकलन केन्द्र चाहियो भनेर भन्नुभएको छ हामी संकलन केन्द्र निर्माण लागी दातृ निकाय र पालीका बाट गर्ने सहयोग गर्न तयार छौ ।
महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले परियोजना कार्यान्वयन गर्न गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी र किसानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन । उनले भनिन किसानले हाम्रा लागी परियोजना सञ्चालन भएको बुझेर परियोजना बाट प्राप्त भएको सहयोगलाई सही सदुपयोग गर्नुभएको छ । उनले थपिन किसानलाई तरकारी खेतीको बिउँ मात्र नभएर कृषि प्राविधिक टोलीले समेत निरन्तर प्राविधिक सल्लाह दिएको बताइन । अनुगमन टोलीमा गाउँपालिकाका जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत,कृषि प्राविधिक,पशु प्राविधिक,पत्रकार लगायतको सहभागिता रहेको थियो । परियोजना बाट तीन सय दश जना कृषक लाभाम्वित भएका छन ।