Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

एटिआर ७२ विमानबाट काठमाडौं सुर्खेत नियमित उडान

सुर्खेत  :  बुद्ध एयरले आगामी पुस १ देखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजबाट गर्न लागेको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटीआर–४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको हो। त्रुहरुको बढ्दो माग र सुविधाका लागि बुद्ध एयरले यस गन्तव्यमा पनि एटीआर–७२ जहाजबाट उडान भर्न लागेको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुद्ध एयरले विश्वास लिएको छ ।

हाल सञ्चालनमा रहेको एटीआर–४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर–७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ ।

सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर–७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् ।

यस गन्तव्यमा न्यूनतम भाडादर ७,००० बाट सुरु हुने र मागअनुसार दैनिक २ उडान पनि बुद्ध एयरले भर्नेछ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुद्ध एयरले जनाएको छ । डिसेम्बर १६, २०२२ देखि अब दैनिक बिहान १०ः०० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुद्ध एयरले जारी गरेको छ ।