Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दल बदल्नेलाई मतदाताले पत्याएनन्

दैलेख  :  २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटा दल बाट उम्मेदवार भएर विजयी भएका र अहिले सोही पदमा फरक दल बाट उम्मेदवार भई चुनावी मैदानमा उत्रिएकाको सांसदको यात्रामा ब्रेक लागेको छ । आम निर्वाचनमा फरक पार्टी निर्वाचनमा होमिएका दैलेख निर्वाचन क्षेत्र नः १को प्रदेश सभा (क) बाट नेकपा माओवादी केन्द्र बाट उम्मेदवार भई विजयी भएका धर्मराज रेग्मी र निर्वाचनको अघिल्लो दिन एमाले बाट टिकट नपाएर माओवादी केन्द्रमा प्रवेश गरेका योगेन्द्र शाही पराजित लाई मतदाताले नपत्याउँदा पराजित हुनु परेको हो ।

रेग्मी तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता महेन्द्रबहादुर शाहीलाई छाडेर एमालेको कित्तामा उभिएका थिए । २३ फागुन ०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि रेग्मी एमालेमै बसेका थिए । एमालेमै बसेपछि माओवादी केन्द्र संसदीय दलले उहाँको सांसद पद खोसिदिएको थियो । ०७४ मा नेपाली काँग्रेसका पार्टी सभापति कृष्ण कुमार बिसीलाई पराजित गर्दै १० हजार ३६१ मत ल्याएर निर्वाचित भएका उनलाई काँग्रेसबाट उम्मेदवार बनेका पूर्णबहादुर खत्रीले सँग पराजित भए । गठबन्धनका उम्मेदवार खत्रीले ९ हजार ४६४ मत प्राप्त गर्दा रेग्मीको ८ हजार ७२ मत प्राप्त गरे ।

यस्तै प्रदेश सभा सदस्यको आंकाक्षी रहेका नेकपा एमालेका अर्थ विभागका सचिव योगेन्द्र शाही एमाले बाट टिकट नपाएको झोकमा मनोनयनको अघिल्लो दिन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले पार्टीका नेता उपेन्द्र रावतलाई दिएको टिकट खोसेर योगेन्द्र शाहीलाई दिएको थियो । एमालेको कोटा बाट कर्णाली प्रदेश योजना आयोगको सदस्य भइसकेका शाही माधव कुमार नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि योजना आयोगको सदस्य बाट राजीनामा गरेका थिए ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र बाट उम्मेदवार भएर विजयी हुने योजना साथ निर्वाचनमा होमिएका शाहीलाई एमालेका विनोद कुमार शाह सँग पराजित भए । एमालेका विनोद कुमार शाहले नौ हजार ४६४ मत प्राप्त गर्दा योगेन्द्र बहादुर शाहीले नौ हजार ३८९ मत प्राप्त गरेका थिए । अघिल्लो पटक एमाले र माओवादी केन्द्रको गठबन्धन गर्दा प्रदेश सभामा एक सिट जितेको माओवादी भने यस पटक सत्ता गठबन्धन हुँदा समेत पराजित भएपछि पार्टी र सत्ता गठबन्धन दल भित्रै द्धन्द सिर्जना भएको छ ।

कर्णाली प्रदेशका निवर्तमान मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोरक्रस गरी विश्वासको मत दिएर छ महिने मन्त्री बनेका एकीकृत समाजबादीका प्रदेश अध्यक्ष अम्मर बहादुर थापा भने प्रतिनिधि सभामा विजयी भएका छन । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा एमाले बाट उम्मेदवार भई दैलेख(ख) प्रदेश बाट विजयी भएका थापाले एमाले बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रबिन्द्रराज शर्मालाई पराजित गरेका हुन । थापाले १८ हजार २९७ मत ल्याउँदा एमालेका शर्माले १७ हजार ४४५ मत ल्याएका थिए ।