Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

बालमैत्री कक्षा व्यवस्थापन गर्न सहयोग

साभार फोटो हिक्मत नेपाली

दैलेख  :  बालमैत्री कक्षा व्यवस्थापन गर्न सहयोग गरिएको छ । चिसो भुईँमा धुलोमा बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य गर्न बालबालिकाको विद्यालय नियमिततामा बृद्धि तथा सिकाई गुणस्तरसँगै प्रभावकारी बनाउन जिल्लाको ठाटिकाँध गाउँपालिकामा रहेका २१ वटा विद्यालययलाई बालमैत्री टेवल र जुट कार्पेट सहयोग गरिएको हो ।

समाजिक सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिह थापाले एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजनाले बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट, टेवल तथा शैक्षिक सामग्री सहयोग गरेको बताए । उनले बालबालिकाको बसाई व्यवस्थापनसँगै पठनपाठनमा सहज बनाउने उद्देश्यले सामाग्री सहयोग गरिएको बताए ।

उनले भने हामीले ठाटीकाँध गाउँपालिकाका ३९ वटा सामुदायिक विद्यालय मध्ये २१ वटामा कार्पेट, पिफर्म, टेवलसहित शैक्षिक सामग्री उपलब्ध गराएका छौँ भने ‘पाँच वटा विद्यालय मर्मतसहित रंगरोगन गरिसकेका छौँ । २१ वटा विद्यालयका लाग एक सय ४५ वटा बालमैत्री टेबल कार्यकारी निर्देशक थापाले बताए ।

मालिका मावी पाँचलाका शिक्षिका बिमाकुमारी सिजापती रोकायले बालबालिकाहरुले बालबालिकाको बसाई व्यवस्थापनका लागि पिफर्म र जुट कार्पेट सहयोग पाएपछि कक्षा कोठाको मुहार नै फेरिएको बताइन । उनले भनिन बालबालिकाहरु चिसो भुईँमा धुलोमा बसेर पढ्न बाध्य थिए, अब त्यो समस्या हटेर गएको छ,। उहाँले थपीन बसाई व्यवस्थापनपछि बालबालिकाहरुको विद्यालय नियमिततामा बृद्धि भएको छ ।

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहीले शिक्षाको गुणस्तर र पुर्बधार विकासलाई प्रथामिकता राखेर काम गरेको बताए । उनले शिक्षाको गुणस्तर सुधार गर्न विभिन्न दातृ निकायको सहयोगमा सुधारका काम गरिरहेको र त्यसलाई निरन्तरता दिन आग्रह गरिएको बताए ।