बल प्रयोगले सुकुम्बासी समस्याको समाधान दिँदैन : ओली
काठमाडौँ : नेकपा एमाले अध्यक्ष ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्न गलत भएको बताए
ुचुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने , यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो, उनले भने, लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्याउनु प्रमुख कुरा हो ।
ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने बताए । ुसुकुम्बासी र राज्यको बीचमा हार(जित जस्तो कार्य भयो । सुकुम्बासी हाम्रो दाजुभाइ, दिदीबहिनी हुन् । अलि गरिब भए भन्दै उनीहरुलाई गोद्नु पर्ने, ठोक्नु पर्ने भन्ने कुरा होइन, उनले भने, सरकारको उन्माद हो । सरकारको काम लोकतान्त्रिक आचरणअनुसार छैन ।ु
सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।