Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोस्टारिकाले जापानलाई १–० गोलले हरायो

काठमाण्डौ  :  फिफा विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा कोस्टारिकाले जापानलाई हराएको छ । कतारको अहमद विन अलि रंगशालामा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले हराएको हो ।
कोस्टारिकाको लागि ८१ औँ मिनेटमा केइशर फुलरले गोल गरे । जितसँगै कोस्टारिका समूह ई मा तीन अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । समान तीन अंक नै रहेको जापान गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । एसियाको पावर हाउस मानिने जापानले पहिलो खेलमा जर्मनीलाई २–१ गोलले हराएको थियो । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।