दार्चुला पुगेर ओलीले भने नेपालले एक इन्च जमिन छाड्दैन
दार्चुला : नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको चुनावी अभियानको सुरुवात गर्दै नेपालले आफ्नो एक इन्च जमिन कसैलाई नछाड्ने बताएका छन् । दार्चुलाको सदरमुकाम खलंगामा चुनावी अभियानको पहिलो कार्यक्रममा शुक्रबार अध्यक्ष ओलीले सीमाको विषयमा भारतलाई सानो चित्त नदेखाउन आग्रह गरे ।
ुनेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमिन पनि मिचिन दिनेवाला छैनौं ओलीले भने, मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं, संसद्ले सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।ु
कार्यक्रममा ओलीले दार्चुलामा बाटो निर्माण गर्नेको विषयमा भारतले झमेला झिकेको बताए । नदी वर सर्दैमा सीमा नसर्ने भन्दै ओलीले भारतलाई सानो चित्त नदेखाउन आग्रह गरेका छन् । ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गरेको थियो । चुच्चे नक्साको विषयमा एमालेको निर्वाचनमा प्रमुख एजेन्डाको रुपमा छ । एमालेको केन्द्रीय चुनावी अभियान अध्यक्ष ओलीले दार्चुलामा सुरुवात गरेका छन् ।