समानुपातीकको बन्दसूचीबाट ४०८ जनाको नाम हट्यो
काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम रद्द गरेको छ। गत स्थानीय तहको चुनावमा पनि उम्मेदवार भएर कानुनअनुसार तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरु पुनः प्रतिनिसभा र प्रदेशसभाको चुनावका लागि समानुपातिक तर्फको बन्द सूचीमा परेपछि आयोगले उनीहरुको नाम हटाएको हो।
निर्वाचन आयोगले शनिबारसम्म जरिवाना शुल्क बुझाइर उम्मेदवारी कामय गर्ने अवसर दिएको थियो। तर प्रदेशसभा र प्रतिनिधिसभामा विभिन्न दलबाट उम्मेदवार भएकाहरुले जरिवाना नबुझाएपछि आयोगले उनीहरुको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो। उम्मेदवारी खारेज हुनेमा प्रतिनिधिसभाका १४५ जना, प्रदेश १ का ६८ जना, मधेश प्रदेशका ६८, बागमतिका ४२, गण्डकीका २० जना, लुम्बिनीका ६१ जना छन्। त्यस्तै कर्णाली प्रदेशका १५ र सुदुरपश्चिम प्रदेशका २१ जनाको नाम बन्द सूचीबाट हटाइएको छ।