Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कर्णाली राजमार्ग अझै खुल्न सकेन

दैलेख  :    दशैको दिन देखी लगातार पाँच दिन परेको अवीरल बर्षातका कारण ६ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध  छकर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा ठुलो ढुंगाले सडक ढाकेकाले अवरुद्ध भएको हो। दुई वटा डोजर लगाएर समेत ढुंगा फोड्न नसकेपछि ६ दिनदेखी सडक अवरुद्ध भएको हो। स्थानीय प्रशासन, नगरपालिकाले प्रयास गर्दा पनि असफल भएपछि विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउने तयारी भएको छ।

राजमार्गका धेरै स्थानमा पहिरोले अवरुद्ध भएपनि स्थानीय प्रशासनको अगुवाईमा खुलाईएको छ। ढुंगा ठुलो भएकाले फोड्न नसकिएको दैलेख प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगु जाने यात्रुहरु विच बाटौमै विचल्लीमा छन्। प्रहरीले भने राजमार्ग खोल्ने प्रयास गरिरहेको जानकारी दिएको छ ।