उल्लासमय बनोस् दशैं
नेपालीको महान् चाड दशैं घर–आँगनमै आइपुगेको छ । नव दुर्गा भवानीले महिषाशुरको मर्दन गरेर समाजमा शान्ति र समुन्नतिको प्रतिस्थापन गरिएको स्मृतिमा चण्डीपाठ गरेर विजया दशमीको महत्व राखेको बताइन्छ भने यस समयमा मालश्री पनि बजाइन्छ ।
मालश्री धूनसँगै मातृशक्तिको उपासनामा लागेर सुख, शान्ति र समृद्धिको कामनाका साथ आश्विन शुक्ल प्रतिपदाका दिन घर–घरमा घटस्थापना गरेपछि प्रारम्भ हुने नवरात्रमा हाम्रा शक्तिपीठहरmमा विशेष पूजाआर्चना गर्नमा हामी श्रद्धासाथ जुटेका हुन्छौँ । शक्तिपीठहरुमा बलि चढाउन पङ्क्तिबद्ध हुन्छौँ । नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन अर्थात दसौँ दिन समाप्त हुने भएकाले यस पर्वलाई सामूहिक रुपले व्यावहारिक भाषामा दशैँ भन्ने गरिएको तथ्य पनि स्मरणीय नै छ ।
मर्यादापुरुषोत्तम् भगवान रामचन्द्रले आसुरी प्रवृत्तिको प्रतीक रावणको बध गरेर शान्ति स्थापना गरेको रामायण पनि पाठ गरिँदैछ, यसबेला । यसको पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने गरिन्छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतिकात्मकरmपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ । दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । यो मेघा शक्तिको प्रतिनिधि स्वरुप हुन्छ । तेस्रो दिन चन्द्र घण्टा शक्तिको उपासना हुन्छ । यसलाई आकाश तत्वको प्रतीकको रुपमा लिइन्छ । चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । यो वनस्पति जगत्को प्रतिनिधि हो । पाँचौँ दिन स्कन्दमाता शक्तिको उपासना हुन्छ । यसलाई वनस्पति जगत्को पनि अधिस्ठात्री शक्ति भन्ने बुझिन्छ । छैटौँ दिन कात्यायनी शक्तिलाई विद्या तत्व र सातौँ दिन कलरात्रिलाई अज्ञान, अन्धकार र मोह नाशक शक्तिको रुपमा लिने गरिन्छ । आठौँ दिन महागौरीलाई बुद्धि तत्व र नवौँ दिन सिद्धिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति प्रतीकका रुपमा पूजा गर्ने गरिन्छ ।
नवीन उत्साह, उमङ्ग, हर्ष र उल्लासमय चाडबाडको ढाकर बोकेर आउने ऋतुरानी शरदको उपहार दशैँ हाम्रा घरआँगनमा मुस्कुराउन थालेको छ । बर्षाको झरी, बादल, भेल, हिलो अन्त्य भएर आउने महान् चाड दशैँले मानव मनका दुःख, दर्द, वैरभाव, क्लेष र शत्रुतालाई पनि बढारेर मेलमिलापका भाव पैदा गराउँछ ।
हुनत यस महान् चाडले अध्याँरोबाट उज्यालोतिर, दुःखबाट सुखतिर डोहयाए पनि एकातिर हिजो आज हाम्रा परम्परागत चाडपर्वले सामाजिक विकृतिहरmलाई पनि सँगसँगै भित्र्याउन लागेको प्रतीक हुन्छ । अर्कातिर वर्षभरि खेतवारीमा कामगरेर थिलथिल भएको शरीरले पिङका चचहैबाट खेतका फाँटमा धानका बाला झुलेका देख्दा कति आनन्द आउला यसैबेला घरव्यवहार, नाम, दाम र कामले विभिन्न स्थानमा छुट्टिएर रहेका परिवारका सदस्यहरmको मिलनले ल्याएको सुखानुभूतिको कुनै मापन हँुदैन । हामी बाँच्नुको अर्थमा सुख, शान्ति र समृद्धिको चाहना सदैव गरिरहेकै हुन्छौँ । मानव विकास सँगसँगै जीवन बाँच्ने र जीवन भोग्ने शैलीमा पनि समयसँग जोडिएर नवीन खोज गरिरहेकै हुन्छौँ ।
हाम्रा चाडपर्वका मिथकहरु बाट सम्पन्न गरिने कर्मले हामीमा अशान्ति र अभावरुपी शत्रुहरुमाथि विजय पाउने आँट र शक्तिको पुनर्जागरण गरmन्, नेपाल र नेपालीहरmमा दिगो विकास र लोकतन्त्रका लागि भइरहेका उत्साहप्रद प्रयास र अर्थपूर्ण निकासका लागि समस्त राजनीतिक दल, नागरिक समाज लगायत सर्वसाधरण हामी सबैमा आपसी शत्रुता र वैमनस्यतालाई त्यागेर सहयोग, सद्भाव र राष्ट्रियताको निम्ति लाग्ने प्रेरणा प्राप्त भए र कार्य सम्पन्न हो सबैमा बिजया दशमी तथा शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना ।