चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा
काठमाडौं : पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभामा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा। भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।
२०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी गराएको गोरखाली जनतालाई धन्यवाद दिँदै डा भट्टराईले यो पटक निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।
उनले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको उल्लेख गर्दै आजीवन राजनीतिमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।