Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

नियमविपरित यात्रु बोक्ने ४३ सवारी साधन कारबाहीमा

दैलेख  :  दशैँ सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयले गरेको सवारी चेकजाँचको क्रममा नियमविपरित यात्रु बोक्ने ४३ जना सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा प्रहरी चौकी रानिमत्ता,पाल्तडा,राकम कर्णाली र इलाका प्रहरी कार्यालय दुल्लु बाट गएको ट्राफिक सहितको टोलीले एक सय १० जना सवारी चेकजाँच गर्दा ४३ वटालाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले चाडपर्वमा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरेको सवारी चेकजाँचमा पहिलो दिनमै ४३ वटा सवारी साधनलाई कारबाही गरिएको बताए । उनले यात्रुलाई सास्ती दिने,बढी भाडा असुल्ने, ओभर लोड बोक्ने गाडीलाई कारबाही गरिएको बताए । उनले भने हामीले दशै तिहारलाई लक्षित गरी यात्रुहरूका पिर मर्का बुझ्नको लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौ । यात्रु सहायता कक्षमा गाडीको सिट क्षमता,गाडीको नवीकरण,सवारी चालक अनुमति पत्र,ब्लु बुक र गाडीमा रहेका तपाईँले केही समस्या भयोकी भनेर सोध्ने गरेका छौ ।

 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक जगत् बहादुर कठायतले जिल्लामा नौ जना ट्राफिकको दरबन्दी भए पनि २० जना कार्यरत रहेको बताए । उनले राकमकर्णाली प्रहरी चौकीमा दुई जना,पल्ताडा प्रहरी चौकीमा दुई जना,तल्लोडुगेश्वर प्रहरी चौकीमा चार जना,माथिल्लो डुगेश्वर प्रहरी चौकीमा एक जना,इलाका प्रहरी कार्यालय दुल्लुमा एक जना ,चुप्रा प्रहरी चौकीमा एक जना गरी १२ जना र जिल्ला ट्राफिक कार्यालयमा आठ जना रहेको बताए । उनले ट्राफिकको संख्या भन्दा पनि सवारी चालकले ट्राफिक चेकिङमा यात्रुहरू झार्ने समस्या रहेको बताए । उनले भने प्रहरी चौकी नजिक आउँदा यात्रु झार्ने र चौकी कटिसकेपछि यात्रु चढाउने समस्याछ ।

प्रहरी प्रमुख साहले भने बुधवार प्रहरी प्रमुख सहित सवारी चेकजाँचमा जाँदा ३३ हजार राजश्व काटी ४३ सवारी साधनलाई कारबाही गरेका छौ । दैलेखका पत्रकारहरूले प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई दशैँ तिहार लक्षित सरकारी तथा ब्यबसायिक प्रयोजनका सञ्चालन हुने गाडीमा नियमित अनुगमन आग्रह गरे बमोजिम सवारी चेकजाँच बुधवार बाट सुरु गरिएको थियो ।