Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

पेसागत महासङ्घ नेपालको गाउँपालिका अध्यक्षमा  : थापा 

दैलेख :   पेसागत महासङ्घ नेपाल भगवतीमाई गाउँपालिका इकाई कार्यसमितिको अध्यक्षमा राम बहादुर थापा चयन भएका छन् । शुक्रवार भएको पेसागत महासङ्घको प्रथम गाउँपालिका अधिवेशन बाट थापा सर्व सम्मत अध्यक्षमा निर्वाचित भएका हुन । समृद्ध नेपाल सुखी जीवन,गुणस्तरीय सेवा जिम्मेवार ट्रेड युनियन’ भन्ने नाराका साथ सुरु भएको प्रथम गाउँपालिका  अधिवेशन बाट १५ सदस्यीय गाउँपालिका समिति निर्माण गरेको छ ।

 

समितिको खुल्ला उपाध्यक्षमा सर्जन गुरुङ,महिला उपाध्यक्षमा महालक्ष्मी अधिकारी,सचिवमा खगेन्द्र प्रसाद अधिकारी, कोषाध्यक्षमा खड्का बहादुर विश्वकर्मा,सह सचिवमा गगन बहादुर सिंह रहेका छन् । त्यस्तै समितिको सदस्यमा भीम बहादुर खड्का,राजु बिसी,पवित्रा कुमारी रावत,मिना कुमारी बस्नेत,अभिसरा रोकाय,लक्ष्मी पाण्डे,सिता रोकाय,कर्ण बहादुर सिंह निर्वाचित भएका छन् ।

 

पेसागत महासङ्घ नेपाल भगवतीमाई इकाई कार्यसमितिको प्रथम पालिका अधिवेशनमा बोल्दै पेसागत महासङ्घ दैलेखका अध्यक्ष कृष्ण प्रसाद आर्चायले पेसाकर्मीको हक हितमा काम गर्ने आग्रह गरेका छन् । उनले सबै क्षेत्र र वर्गका पेसामा आबद्ध भएकाहरूलाई पेसागत महासङ्घमा गोलबद्ध हुने आग्रह गरे ।

 

प्रथम अधिवेशनमा बोल्ने बत्ताहरूले पेसाकर्मीको हक र पेसागत महासङ्घ नेपालको माओ पार्टी नेकपा एमालेको नीति र बिचार प्रति प्रतिबद्ध भई समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याउनु पर्ने बताएका थिए । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य,जिल्ला कमिटी,गाउँपालिका कमिटीका अध्यक्ष, नेपाल निजामती कर्मचारी सङ्गठन भगवतिमाई गाउँपालिकाका अध्यक्ष,सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।