चार जनाले पाए नयाँ नाम सहितको नागरिकता
दैलेख : दैलेख जिल्लाका चार जनाले नयाँ नाम नाम सहितको नागरिकता प्राप्त गरेका छन । जिल्लाको भगवतिमाई गाउँपालिका ३ मेहेल्तोलीका कुकुर कामी,(क) सोही वडा ६ कुकुर कामी(ख) भगवतिमाई गाउँपालिका –५ का ठगे कामी र दुल्लु नगरपालिका नगरपालिका –१ का फ्याउरो बादीले नयाँ नाम सहितको नागरिकता प्राप्त गरेका हुन । प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले नागरिकतामा रहेको ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति पुरानै कायम गरी नागरिकताको प्रतिलिपि दिइएको बताए । उनले कुकुर नाथर भएका दुई जना मध्ये एक जना काशीराम कामी र अर्कोलाई कविराम कामी,ठगे कामीलाई कर्ण बहादुर काही र फ्याउरो बादीलाई फणीन्द्र बादीको नाम बाट नागरिकता प्रदान गरिएको बताए ।
२०१७ सालमा जन्मिनु भएका कविराम कामीले २०४६ साल जेठ ७ गते नागरिकता बनाउन्न गाउँ गएको बेला कुकुर कामी राखिएको बताए । उनले आफू सामान्य पढ लेख समेत गर्न नजानेका कारण के ना राखियो भन्ने थहाँ भएन पछि अरूले भनेपछि नामले अपमानित हुनु परेको बताए । उनलाई तत्कालीन नागरिकता टोली प्रमुख दुर्गा प्रसाद गिरीले प्रमाणित गरी नागरिकता प्रदान गरेका थिए । उनी नाम सच्याएर नागरिकता पाउने पहिलो व्यक्ति हुन ।
अपमानित नाम संशोधन गरी भगवतिमाई गाउँपालिका –५ ठगे कामीलाई पनि नाम नयाँ संशोधन गरी नागरिकता प्रदान गरिएको छ । २०३५ सालमा जन्मिनुभएका ठगे कामीले २०५६ साल चैत्र २० गते नागरिकता प्राप्त गरेका थिए । उनले कक्षा सात सम्म पढेको भए पनि तत्कालीन द्वन्द्वको बेला भएका कारण शैक्षिक योग्यता प्रमाणपत्र राख्न नपाएर बनाएको नागरिकतामा ठगे कमी उल्लेख गरिएको थियो । उनले आफ्नो नाम कर्ण बहादुर कामी भएको भन्दै नागरिकता सच्याउन निवेदन दिएको भए पनि जिल्ला प्रशासनले उक्त प्रमाणका आधारमा नागरिकता दिन नसकिने बताएपछि पहिलो पढेको विद्यालय बाट प्रमाण मगाएर कर्ण बहादुर कामीको नाम बाट नागरिकता प्रदान गरिएको छ ।
२०१३ सालमा जन्मनु भएका कुकुर कामी नाम (संशोधन)काशीराम कामी २०५९ साल पुस १७ गते तत्कालीन प्रमुख जिल्ला टेकराज ज्ञवालीले प्रमाणित गरेको नागरिकतामा उहाँको नाम कुकुर कामी उल्लेख गरिएको थियो । उनको नाम सँगै छोरा हस्त बहादुर कामी र सञ्जीव कामीको नागरिकतामा बुवाको नाम सच्याएको छ ।
२०४० जेठ २ गते जन्मिएका फणीन्द्रले नयाँ नामसहितको नागरिकता पाएका छन । अभिलेखअनुसार फणीन्द्रले पहिलो प्रतिलिपि २०७५ वैशाख २५ गते पुरानै नाममा लिएका थिए । अहिले अपमान बोधक नामको सट्टा फणीन्द्र बादी नाम बनाएर दोस्रो प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले २०६० जेठ ९ गते प्रमाणित गरेको नेपाली नागरिकतामा उनको नाम ‘फ्याउरो बादी’ उल्लेख थियो। उक्त नामले आफूलाई अपमान बोध भएको भन्दै फणीन्द्रले सच्याइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । उति बेला नै यो नाम नराखी दिन आग्रह गर्दा पनि गाविस सचिवले गरेको सिफारिसका आधारमा नागरिकतामा अपमानित नाम लेखिएको उनको भनाइ छ ।
अपमानित नाम भएकाहरूले भने गाउँ समाजका समूहमा नाम राख्दा, मतदान गर्न र बैङ्कमा खाता खोल्न जस्ता काममा नागरिकता चाहिँदा नागरिकता देखाउन गाह्रो लाग्थ्यो । नागरिकतामै ,कुकुर,फ्याउरो लेखिएका कारण जिस्क्याउनलाई पनि चिया चौतारामा नाम सोध्ने गरेको बताएका छन् । गृह मन्त्रालयले गत साउन २३ गते यस्ता अपमानजनक नाममा नागरिकता जारी नगर्न र अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन परिपत्र गरेकोका कारण आफ्नो नाम सच्याउन पाएका कारण हामी खुसी छौ । कविरामका एक छोराको नागरिकतामा बुबाको नाम र कर्णबहादुरको श्रीमतीको नागरिकतामा पतिको नाम सच्याइएको छ ।