१ करोड ७९ लाख ८८ हजार ५७० मतदाता
काठमाडौँ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोतेको छ । साथै २२ हजार २२६ वटा मतदानकेन्द्र कायम गरिएको छ। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ निर्वाचन घोषणा भएको मिति २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमे पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली यही भदौ ३१ गते स्वीकृत गरेको छ ।