कृषक समूहलाई तरकारी बालीको बिउ वितरण
दैलेख : कृषक समूहलाई तरकारी बालीको बिउ वितरण गरिएको छ । संयुक्त राष्ट्र सघिय विकास कार्यक्रम डुगेश्वर गाउँपालिकाको आर्थिक सहयोग र महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरण मा सञ्चालन भएको कोभिड–१९ ग्रिन रिकभरी परियोजना मार्फत दुई सय ३० घरपरिवारलाई तरकारी बालीको बिउ वितरण गरिएको हो ।
महिला सशक्तीकरण मञ्च नेपालका कृषि प्राविधिक अधिकृत दिवस केसीले कोरोना महामारीका कारण स्वदेश फर्केका युवा,एकल महिला,घरेलु हिंसामा परेका महिलालाई तरकारीको बिउ वितरण गरेको बताए । उनले पहिलो चरण दुई सय ३० घर परिवारलाई ५० केजीका दरले आलुको बिउ वितरण गरेको र दोस्रो चरणमा काउली,बन्दा,मुला,रायो,टमाटरको बिउ वितरण गरिएको बताए ।
डुगेश्वर गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपानेले स्वदेशमै कृषि मार्फत आय आर्जन गर्न परियोजना र पालिकाको सहयोगमा बिउ वितरण जानकारी दिइन । उनले गाउँपालिकाको –२ र ३ मा परियोजनाले काम गरेको र आगामी वर्ष देखी अन्य वडामा समेत कार्यक्रम विस्तार गर्ने बताइन । उनले भनिन् परियोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन शत प्रतिशत अनुदानमा बिउ दिएका र त्यस बाट राम्रो उत्पादन गरी आय आर्जन गर्न सकिन्छ ।
महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले परियोजनाले बिउ मात्र नभएर प्राविधिक सहयोग समेत गर्ने बताइन । उनले भनिन परियोजनाले दिएको बिउ राम्रो र गुणस्तर भएको बताउँदै तरकारी कसरी लगाउने र कसरी लगाउने भन्ने कुरा परियोजनाका प्राविधिकले सिकाउने छन् ।