पालिका स्तरीय परिचयात्मक कार्यक्रम सम्पन्न
दैलेख : पालिका स्तरीय परिचयातक कार्यक्रम सम्पन्न भएको छ । केडको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको सहजीकरणमा संचालन भएको महिला किशोरी तथा बाल अधिकार कार्यक्रमको पालिका स्तरीय परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
परिचयात्मक कार्यक्रममा बोल्दै नौमुले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले महिला किशोरी तथा बालबालिकाहरु संग जोडेर घरेलु हिंसा,स्वास्थ्य शिक्षा,र महिलाका सवाललाई गाउँपालिका र साझेदार सस्थाको सहयोगमा एकिकृत बनाएर शान्त र समुन्नत समाज निर्माण गर्नु पर्ने बताए ।
उनले समाजमा किशोरी महिला तथा बालबालिकामा रहेका विद्यमान समस्या परियोजनाको सहयोगमा निराकण हुनेमा आफु विश्वस्त रहेको बताए । उनले भने परियोजना संचालन तथा कार्यन्वयनका निम्ति पालिका बाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको छौ ।
महिला सशक्तिकरण मञ्च नेपालका कार्यक्रम संयोजक निर्मला शाहीले कार्यक्रम उद्देश्य माथी प्रकाश पार्दै समाजमा देखा परेका बाल बिवाह,घरेलु हिंसा,छाउपडि प्रथा उल्मुलन,महिनावारी सरसफाई,आङ खस्ने सवाल र आगामी दिनमा गरिने क्रियाकलापको वारेमा समेत जानकारी दिएकी थिइन ।