निर्वाचन जित्ने एमालेले पारित ग¥यो सङ्कल्प प्रस्ताव
दैलेख : नेकपा(एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा(एमाले) लाई विजयी गराउने सङ्कल्प प्रस्ताव जिल्ला कमिटी बाट पारित गरेको छ । नेकपा(एमाले) दैलेखको पाँचौँ जिल्ला कमिटीको बैठक बाट निर्वाचन जित्ने सङ्कल्प प्रस्ताव पारित गरिएको हो । अघिल्लो निर्वाचनमा नेकपा हुँदा दैलेखका दुई वटै प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन जितेको भन्दै पुरानो विरासत जोगाउन जनता माझ लोकप्रिय उम्मेदवारलाई टिकट दिने जनाएको छ ।
नेकपा एमालेका पोलीट्ब्युरो सदस्य एवम् दैलेख इन्र्चाज लक्ष्मी प्रसाद पोखरेलले कसले टिकट पाउने भन्दा पनि कसरी जिताउने भन्ने भावना हुनु पर्ने बताए । उनले हामी उम्मेदवार बनेका छौ जसले टिकट पाए पनि जित्ने सङ्कल्प गरौँ दैलेखमा हाम्रो बिरासत जोगाउनै पर्छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उप प्रमुख विष्णु रिजालले गठबन्धनलाई परास्त गर्न एमालेका कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने बताए । उनले टिकट कसले पायो कसले जित्यो भन्दा पनि एमाले जित्ने र एमालेलाई जिताउन सबै लाग्नु पर्ने बताए ।
नेकपा(एमाले)का जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य रबन्द्रिराज शर्माले सिफारिस भएका मध्यबाट लोकप्रिय व्यक्तिलाई टिकट दिन आफ्नो प्रयास रहने बताए । उनले भने हामी अहिले विगत भन्दा कमजोर अवस्था छौ त्यो अवस्थामा पनि जित्ने उम्मेदवार खोजेर जित निकाल्ने प्रयास रहन्छ ।
उनले थपे जिल्ला कमिटीको बैठकले दैलेखका दुई वटै प्रतिनिधि सभा र चार प्रदेश सभामा नेकपा एमालेलाई विजयी गराउन पाचौ बैठकले सङ्कल्प प्रस्ताव पारित गरेका छौ त्यसलाई पुरा गर्छौ ।
दुई वटा प्रतिनिधि सभा रहेको दैलेखमा २०६४ मा निर्वाचन क्षेत्र ः २ मा एमाले विजयी हुँदा क्षेत्र नः १ मा पराजित भएको थियो । २०७० सालको संविधान सभाको निर्वाचनमा दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धन नहुँदा समेत विजयी भएको थियो । २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दुई वटा प्रतिनिधि सभा र तीन प्रदेशमा एमालेले विजय प्राप्त गरेको थियो ।