Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी

दैलेख  :   जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी सञ्चालन भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनामा जिल्लाका ११ स्थानीय तहको सहभागितामा वार्षिक समीक्षा गोष्ठी सञ्चालन भएको हो ।

जिल्ला स्तरीय समीक्षा गोष्ठीमा ११ स्थानीय तहमा रहेको स्वास्थ्य शाखा प्रमुखहरूले स्वास्थ्यका क्षेत्रमा भएका प्रगति र हुन नसकेको कामको समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डाः रबिन खड्का,११ स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

स्वास्थय सेवा कार्यालय दैलेखका व्यवस्थापक थीर प्रसाद रेग्मीले जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी दुई दिन सम्म चल्ने जानकारी दिए । उनले दुई सम्म संचालन हुने वार्षिक समिक्षा गोष्ठिले आगमी दिनमा गरिने विभिन्न क्रियाकलापको योजना समेत निर्माण गर्ने बताए । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख र उप प्रमुखलाई समेत सम्मान गरिएको थियो ।