Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

कृषकलाई प्लास्टिक टनेल वितरण


दैलेख  :   ब्यबसायिक रूपमा तरकारी खेती गरी जीविकोपार्जन सँगै आम्दानी गर्न कृषकलाई प्लास्टिकका टनेल सहयोग गरिएको छ । कोरोना महामारी पछि स्वदेशमै फर्केका युवा,एकल महिला, घरेलु हिंसा र अपाङ्गता भएका कृषकलाई प्लास्टिकको टनेल सहयोग गरिएको हो ।
डुङ्गेश्वर गाउँपालिका संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारी सञ्चालित कोभिड १९ ग्रिन रिकभरी परियोजनाको सहयोगमा डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीका २० घरधुरीलाई प्लास्टिकको टनेल वितरण गरिएको हो । महिला सशक्तीकरण मञ्च नेपालका कृषि अधिकृत दिवस केसीले कोरोना बाट प्रभावित युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले प्लास्टिक टनेलका सामाग्री वितरण गरिएको बताए ।

उनले कृषकलाई टनेल निर्माणका लागि आवश्यक पर्ने बास,टनेल प्लास्टिक, मल्चिङ, प्लास्टिक, थोपा सिचाई, स्प्रेयर, किला, ग्याविन,तार,सिकेचर,डोरी,सुक्ष्म खाध्यतत्व वितरण गरिएको बताए ।

डुङ्गेश्वर गाउँपालिका –२ का वडा अध्यक्ष याम बहादुर विष्टले ब्यबसायिक रूपमा तरकारी खेती गर्ने कृषकलाई आवश्यक सामाग्री प्राप्त गरेको र यसै बाट दीर्घकालीन रूपमा तरकारी खेती गर्न सहयोग पुग्ने बताए । उनले युवाहरूलाई ब्यबसायिक तरकारी खेतीमा मात्र नभएर उद्यमी निर्माण गर्न विभिन्न निकायले सहयोग गर्नु पर्ने बताए ।
डुङ्गेश्वर गाउँपालिका –२ का कृषक रबीलाल विकले आफूले खाने तरकारी खेती गर्दै आएको र अव भने ब्यबसायिक तरकारी खेत गर्न आफूहरूलाई सहयोग पुग्ने बताए । उनले भने शुन्यलागतमा सामग्री उपलब्ध धएको र त्यसको सदुपयोग राम्रो गरेर आम्दानी गर्छौ ।