Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

एकदिवसीय सिरिज नेपालले जित्यो

काठमाडौं  :   केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । सोमवार भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले ३–० ले सिरिज आफ्नो पक्षमा पारेको हो।

जितका लागि केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलव १ ओभरमा मात्र ४ विकेटकोे क्षतिमा विजयी लक्ष्य भेट्टायो। नेपालको जितमा अर्जुन साउद, आशिफ शेख र बसिर अहमतले अर्धशतक प्रसार गरे।

अर्जुन र आशिफले क्रमश ५८ तथा ५६ रनको योगदान गर्दा बसिर अहमतले अविजित रहँदै ५२ रनको योगदान गरे। यस्तै रोहित पौडेल ४६ रनमा अविजित रहे।

बलिङतर्फ वार्ज पटेलले सर्वाधिक २ तथा सेम नेगोचे र एस तलातीले एक एक विकेट हात पारे। यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमो टस जितेर सुरुवाती ब्याटिङ थालेको केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनायो।

केन्याका लागि दुई खेलाडीले अर्धशतक प्रहार गरे। कोलिन्स ओबुयाले सर्वाधिक ८४ रनको योगदान गरे। १११ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। यस्तै लुकास एनडानडासनल अविजित ५९ रन जोडे। २७ बलको साना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरे।

सुकदीप सिंले ३७ रनको योगदान गरे भने ईम्यानुअल बुन्डीले २३ रन जोडे। बलिङतर्फ नेपालका सोमपाल कामी र अदिल अन्सारीले सर्बाधिक २÷२ विकेट लिँदा शाहबाब आलम र बसिर अहमदले ११ विकेट हात पारे।