सङ्घीयता तथा संवैधानिक साक्षरता सम्बन्धी अनुशिक्षण
दैलेख : सङ्घीयता तथा संवैधानिक साक्षरता सम्बन्धी अनुशिक्षण गरिएको छ । युरोपियन युनियन र हेल्भेटास नेपाल सँगको सहकार्यमा महिला सशक्तीकरण मञ्च दैलेखको सहजीकरणमा संचालन भएको स्थानीय शासन प्रक्रियामा युवा संलग्नता परियोजना सञ्चालन भएका कर्णाली प्रदेशका चार पालिकामा गठन भएका युवा सञ्जाललाई उक्त अनुशिक्षण गरिएको हो ।
महिला सशक्तीकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले नेपालमा कोभिड पुनर्स्थापना र विकासमा योगदान पु¥याउने उद्देश्यले स्थानीय शासन प्रक्रियामा युवाहरूको संलग्नतालाई संस्थागत गर्न परियोजना सञ्चालन भएको दैलेखको गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, सुर्खेतको लेकवेशीनगरपालिका ,सिम्ता गाँउपालिका र जाजरकोटको भेरी नगरपालिकाका गठन गरिएका युवा संञ्चाजललाई सङ्घीयता तथा संवैधानिक साक्षरता सम्बन्धी अनुशिक्षण गरिएको बताइन ।
उनले सङ्घीयताको प्रादुर्भाव र अवधारणा, नेपालमा सङ्घीयता, नेपालको संविधान र स्थानीय सरकार, स्थानीय सरकारको संरचना, यसका समिति र स्थानीय सरकारको काम, कर्तव्य र अधिकारहरूजस्ता विषयमा युवा सञ्जाललाई जानकारी दिएको बताइन ।
स्थानीय तहका जनप्रतिनिधिले युवाको आवश्यकता र भावनालाई पालिकाहरूले उच्च प्राथमिकतामा राख्नका साथै युवाहरूका योजना, सल्लाह, सुझाव ग्रहणका आफूहरू सधैँ तयार भएको बताएका थिए ।
महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारहरूको बारे युवाहरूको धारणा थप स्पष्ट भई आ– आफ्नो स्थानीय तहहरूको विकासमा युवाहरूको भूमिका थप प्रभावकारी हुने विश्वास लिएको बताइन ।