कर्णालीका दुई मन्त्रीले लिए सपथ
दैलेख : कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले सपथ ग्रहण गरेका हुन् ।
सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले सपथ लिएसँगै कार्यभार सम्हालेका छन् ।
माओवादी केन्द्रबाट योजनामन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।