सोसेक नेपालले रजत जयन्ती मनाउँदै
दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले रजत जयन्ती मनाउने भएको छ । संस्थाले आफ्नो २५ औँ वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार रजत जयन्ती मनाउने भएको हो । सस्थाले आयोजना गरेको पत्रका भेटघाट कार्यक्रममा भाद्र ११ गते विशेष कार्यक्रम गरी संस्थाको २५ औँ साधारण सभा, वार्षिक उत्सव तथा रजत जयन्ती मनाउन लागिएको संस्थाका सस्थापक अध्यक्ष हिरासिह थापाले जानकारी दिए ।
उनले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल २०५४ भाद्र ११ गते आत्मा साक्षी राखी मन बचन् र कर्मले सेवा गरौँ भन्ने नारा लिएर स्थापना भएको सस्थाले विभिन्न विषयमा काम गरिरहेको बताए ।संस्थाले स्थापनाकालदेखि महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला, बालबालिका, लोपोन्मूख जाती राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा विभिन्न गतिविधि गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष थापाले बताए ।
कर्णाली प्रदेशको दैलेख, सुर्खेत कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले वार्षिक १२ करोड ७१ लाख रुपैयाँ बराबर बजेटको परियोजना तथा कार्यक्रहरु सञ्चालन गर्न सफल भएको जनाएको छ ।
सस्थाका कार्यवहाक अध्यक्ष मञ्जु कुमारी खड्काले सुरुवातदेखि हालसम्म २० वटा बढि अन्तराष्ट्रिय संस्थासँग साझेदारी गर्न सफल भएको, दैलेख जिल्लालाई अनिवार्य आधारभूत शिक्षा, विद्यालय शान्ति क्षेत्र कार्यान्वयन, र साक्षर जिल्ला घोषणामा सहयोग तथा सहजिकरण गर्नुका साथै खुला दिशामुक्त एवं पूर्ण खोप तथा पोषणका लागि निरन्तर गरेको कार्यपनि संस्थाले मुख्य उपलब्धीको रुपमा सार्वजनिक काम गरिरहेको बताईन ।