Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

जुम्लामा चलचित्र प्रकाशको वर्ल्ड प्रिमियर प्रदर्शन

जुम्ला  : चलचित्र प्रकाशको वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। जुम्लाको दुर्गम गाउँ तिर्खुमा चलचित्रको वर्ल्ड प्रिमियर सम्पन्न भएको हो। भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो। प्रिमियरमा चलचित्रका नायक प्रदीप खड्का र लेखक विकास सुबेदी सहभागी भएका थिए। दुबैलाई स्थानीय बासिले झाकि सहित स्थानीय संस्कार अनुसार फुलमाला र फेदा लगाएर स्वागत गरेका थिए।

४५ दिनसम्म तिर्खु गाउँमा नै चलचित्र छायाङ्कन गरिएको हो। निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रीतिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रूपमा त्यहीका स्थानीय जनता माझ चलचित्रको प्रिमियर गरिएको जनाएका छन्। प्रिमियरमा चलचित्र हेरेका स्थानीय बासिले चलचित्रलाई निकै मन पराएको प्रतिक्रिया दिएका छन्। उनीहरूले आफ्नै भोगाई चलचित्रमा हेर्न पाएको भन्दै खुशी व्यक्त गरे। जुम्लालाई टपक्कै टिपेर चलचित्रमा देखाएको भन्दै स्थानीय बासिन्दाले चलचित्रको मुक्त कण्ठले प्रशंसा गरेका छन्।
चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्। शुक्रवारबाट प्रदर्शन हुने चलचित्रले बुधवार काठमाडौं प्रिमियरको आयोजना गरेको छ।