Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

देवकोटा चोक फराकीलो बनाउने सर्बदीय निर्णय

दैलेख  :  दैलेख सदरमुकामा रहेको देवकोटाचोक लाई फराकिलो बनाइने भएको छ । आईतवार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षमा बसको सर्बदलीय बैठकले देवकोटा चोकलाई फराकिलो बनाउने निर्णय गरेको हो । सदरमुकामको व्यस्त मानिने देवकोटा चोकमा रहेका नेपाल प्रहरी र जिल्ला समन्वय समितिका केही संरचना हटाएर चोकलाई फराकिलो बनाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दैलेख सदरमुकामको सोभाका रुपमा रहेको देवकोटाचोक फराकिलो नहुँदा यात्रा गर्ने पैदलयात्रीलाई समेत समस्या हुने गरेपछि सर्बदलीय बैठकले उक्त निर्णय गरेको बताए । उनले जिल्ला प्रहरी कार्यालय दैलेखको हाल सेवा दिईरहेको कार्यालयलाई भित्र सार्ने र जिल्ला समन्वय समितिको सानो भवन भत्काउने र अन्य नागरिकका घरका बार्दली समेत भत्काएर चोकलाई चौडाहा गर्ने निर्णय भएको बताए ।

त्यस्तै बैठकले नपालगञ्जको रुपडियाँ देखी सुर्खेत,दैलेखको महावु र कालिकोट हुदै नाग्चेनाग्ला पुग्ने त्रिदेशीय सडक बिस्तारको काममा भएको ढिलाई प्रति चासो दिदै तत्काल काम बढाउन सडक डिभिजन कार्यालय सुर्खेतलाई समेत पत्र लेख्ने निर्णय गरिएको छ । त्यस्तै दैलेख सदरमुकाममा रहेको साहारे खानेपानी आयोजनाको बाँकी रहको काम तत्काल सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन समेत दिएको छ । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले मंसिर ४ गते हुने प्रेदश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई धाधली रहित बनाउँन समेत सबै दल एकमत भएको बताए ।