Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

६ घण्टापछि खुल्यो रत्न राजमार्ग

सुर्खेत :  स्थानीयले अवरोध गरेको करिब ६ घण्टापछि रत्न राजमार्गको सडक खुलेको छ। जिल्ला प्रशासनका कार्यालय सुर्खेतले रत्न राजर्माग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्ड स्थानीयको अवरोध गरेको करिब ६ घण्टापछि खुलेको हो।

जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए। भेरीगंगा नगरपालिका–५ गेरवानीमा घास काट्न गएका रामबहादुर चन्द्र र कवि ओलीको जंगली जनावरले खाएको अवस्थामा शव भेटिएपछि स्थानीयले बबईमा सडक अवरुद्ध गरेका थिए।

सोमबार बिहान ११ बजेदेखि रत्नराजमार्ग स्थानीयले अवरुद्ध गर्दै स्थानीयले मानवीय क्षति पुर्याउने जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, उचित क्षतीपूर्ती दिनुपर्ने र मध्यवर्ति क्षेत्रको खारेजीको माघ अघि सारे थिए ।
सडक अवरुद्धहुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबई पुल पारी र वारीतर्फ रोकिएका सबै आ–आफ्नो गन्तव्यतिर लागेका छन्।