थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ : नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परिक्षण गर्दा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परिक्ष गर्दा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ।