अघि बढ्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव
काठमाडौं : पाँच महिनाअघि प्रतिनिधिसभाको सचिवालयमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सदनमा अघि बढेको छ ।प्रतिनिधिसभाको जारी बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथिको छलफल सुरू गराएका छन् ।
दर्ता भएको पाँच महिनापछि प्रतिनिधिसभामा छलफलका लागि ल्याइँदा रित पुर्याउनका लागि मात्रै अहिले ल्याइएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ । छलफलको सुरुवातमा बोल्दै एमालेका सांसद खगराज अधिकारीले भने महाभियोग प्रतिनिधिसभा नबसेको बेला हो, भने लगभग ७ दिनभित्र बोलाउनुपर्ने र तीनमहिनामा टुंग्याउनुपर्ने थियो । तर पाँचमहिनापछि अहिले ल्याइएको छ । अब तीन महिना समय नै छैन, संविधानको उपहास गर्दैछौं की न्यायको उपहास गर्दैछौं ।
यसले सत्तापक्षको नियत नै खराब देखिएको उनले बताए । साँच्चै निजलाई दोषी करार गर्न खोजेका हौंकि केही स्वार्थका लागि मुक्त गर्न खोजेका हौं ,उनले भने । महाभियोगलाई पाँच महिना झुण्डयाएकोझुण्डयाई गरेर रित पुर्याउनका लागि मात्रै ल्याउदा संसदको उपहास भएको उनले बताए ।
गत फागुन १ मा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । राणामाथि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले महाभियोग प्रस्ताव लगेपनि लामो समय प्रक्रिया अघि नबढाउँदा चौतर्फी आलोचना बढेको थियो ।