Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

निर्वाचनका लागि आइतबारदेखि दल दर्ता आह्वान


काठमाडौँ  :  निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो ।

यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुन दर्ता गर्नुपर्ने हुन्छ । आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ ।