Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सांसदहरुको पदावधि मंसिर २१ सम्म  प्रमुख आयुक्त थपलिया

काठमाडौं  :  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकले निर्वाचन मंसिर ४ गते आइतबारका लागि गर्ने निर्णय गरेपछि आयोगमा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले यस्तो जानकारी गराएका हुन् । उम्मेदवारी दर्ता गरेपछि सो पद स्वतः सकिने भए पनि कानुनमा व्याख्या गरेर त्यसलाई सल्टाउनुपर्ने उनको भनाई छ । आयोगले सरकारलाई २१ गतेसम्मको समयावधि लेखेर पठाएको उनले जानकारी गराए ।

आयोगको परामर्शमै सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचन तय गरेको उनले स्पष्ट पारे । निर्वाचन सफल बनाउन आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै शुरु गर्ने उनले बताए । आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध छ ।

आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध छ । निर्वाचनको आन्तरिक तयारीमा आयोग निरन्तर लागिरहेकाले सो समय आयोगलाई पर्याप्त रहेको उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले भने ‘सरकारले तय गरेको अवधिमा निर्वाचन सफल पार्न आयोग अर्जुन दृष्टि लगाएर काम गर्नेछ, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्ने सबै तयारीमा आयोग लाग्छ ।’ आयोगको तयारीका विषयमा सूचनाहरु पत्रकारसमक्ष सहजरुपले पु¥याउनेगरी आयोगले व्यवस्थापन गर्ने उनले जानकारी दिए । आधुनिक प्रविधिको प्रयोग गरी आयोगले सूचना प्रवाह गर्ने उनको भनाई छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुनले कर्मचारीलाई समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको भए पनि अन्य अधिकारका विषयमा आयोगले परामर्श गरी टुङ्गो लगाउने बताए । आउने निर्वाचनमा छुट्टाछुट्टै मतपत्र र छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताए । निर्वाचनमा सुरक्षाको भरपर्दो सुरक्षाको व्यवस्थाका लागि सरकारसँग आग्रह गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारको निर्णयलाई आयोगले स्वागत गरेको बताए । आवधिक निर्वाचनका लागि आयोग निरन्तर आन्तरिक तयारी गरिरहेकाले तोकिएको समयावधिमा निर्वाचन सफल पार्न आयोग तयार रहेको उनले जानकारी दिए ।

मतदाता नामावली संकलन कार्य साउन २० गते शुक्रबारदेखि स्थगित हुनेछ । मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकनको व्यवस्था मिलाइने छ । प्रतितिनिधिसभा र प्रदेश सभा निर्वाचन ऐन बमोजिम आवश्यक काम गरिने उनले जानकारी दिए ।