Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

प्राविधिक धार तर्फ थापा र साधारण तर्फ ठकुल्ला जिल्ला प्रथम

दैलेख  :  एसइई परीक्षामा जिल्लाका दुई विद्यालय जिल्ला प्रथमको नतिजा प्राप्त गरेका छन । प्राविधिक शिक्षाधार तर्फ त्रिभुवन नमुना माध्यामिक विद्यालयका छात्र टार्जन थापा र साधारण तर्फ दैलेख मोडल स्कुल प्रा.लीका चेतना ठकुल्ला जिल्ला प्रथम भएका हुन । प्राविधिक धार तर्फ त्रिभुवन नमुना माद्यामिक विद्यालयका छात्र टार्जन थापाले ३.८० जिपिए प्राप्त गरी जिल्ला प्रथम भएका छन भने साधारणधार तर्फ दैलेख मोडल स्कुल प्रा.ली की छात्रा चेतना ठकुल्लाले ३.६० जिपिए प्राप्त गरी जिल्ला प्रथम भएको विद्यालयले जानकारी दिएको छ

त्रिभुवन नमुना माद्यामिक विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले सामुदायिक विद्यालय अन्तर्गत प्राविधिक शिक्षा धार तर्फ सबै भन्दा बढी जीपीए प्राप्त गरी जिल्ला प्रथम भएको जानकारी दिए । उनले विद्यालयमा अंग्रेजी माध्यममा पढाई सुरु गरे संगै विद्यालयको नतिजामा समेत सुधार आएको बताए ।

दैलेख मोडल दैलेखका संस्थापक सञ्चालक डवल बुढाले साधारण तर्फ आफ्नो विद्यालय जिल्ला प्रथम भएको बताउनुभयो । उहाँले प्राविधिक धार र साधारण धार तर्फ छुट्टा छुटै हुने हुँदा साधारण तर्फ आफ्नो विद्यालय प्रथम भएको दावी गरेका छन । प्राविधिक धार तर्फ त्रिभुवन उच्च माद्यामिक विद्यालयकै दर्शन बुढा ३.६४ जीपीए प्राप्त गरी जिल्ला द्धितीय भएको विद्यालयले जानकारी दिएको छ ।