Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

न्यायमा पहुँच अभिबृद्धि परियोजनाको कार्यशाला गोष्ठि सम्पन्न

दैलेख  :  कर्णाली प्रदेशका चार पालिकामा संचालन भएको सस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्वि परियोजनाको पालिका स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ । सयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको सहजीकरणमा दैलेखको गुराँस गाउँपालिका डुङ्गेश्वर गाउँपालिका र सुर्खेतका बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका संचालन भएको न्यायमा पहुँच अभिबृद्धि परियोजनाको कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।

महिला सशक्तिकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले समाजमा पछाडी परेका र पारिएका महिला अपागता,यौनिक तथा अल्पसंख्यक,एकल महिला घरेलुहिसा पिडित महिलाहरुको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त परियोजना संचालन भएको जानकारी दिइन । उनले परियोजनाको अवधी १ जुन २०२२ देखि ३१ डिसेम्वर २०२२ सम्म मात्र रहेन बताइन ।

परियोजना संचालन भएका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले समाजमा पछाडी पारिएका महिला अपागता,यौनिक तथा अल्पसंख्यक,एकल महिला घरेलुहिसा पिडित महिलाहरुको न्यायमा पहुच बृद्धि गरी उनीहरुलाई कानुनी कुराहरु समेत सिकाउन जरुरी भएको बताएका छन ।

पालिका स्तरीय कार्यशालो गोष्ठिमा महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले सस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्वि परियोजनाले समाजमा बिद्यमान रहेका विभिन्न समस्याहरुको उजागर र त्यसको न्युनीकरणका लागि महत्वपुर्ण भुमिका खेल्ने बताईन । उनले स्थानीय तहमा रहेका न्यायिक समितिहरुलाई अहिले पनि न्याय सम्पादन गर्न कानुनी जटिलता रहेको अवस्थामा परियोजनाले न्यायीक समितिलाई क्षमता विकासमा समेत काम गर्ने बताईन । उनले भनिन परियोजनाले न्यायीक समिति,मेलमिलाप कर्ताहरुको क्षमता बृद्धि गरेको अवस्थामा न्याय सम्पादनमा समेत सहजता आउनेछ ।