Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाडौँ  :  करको दर हेरफेर प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको छानबिनका लागि विशेष समिति गठन गरेको थियो। समितिलाई सुरुमा दस दिनको समय दिइएको थियो।

१० दिनमा समितिले काम नसकेपछि पुनस् ७ दिन थप गरिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार उक्त समितिको म्याद ७ दिन थप गर्न प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । संसद बैठकले त्यसलाई अनुमोदन गरेको हो।