Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ  :  नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।

मुख्य प्रशिक्षक दशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका छन्। पत्रकार सम्मेलनका क्रममा उनले राजीनामा दिनुपर्दा आफू दुःखी भएको बताएका थिए।

उनले दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएको ८ महिनामै राजीनामा दिएका हुन्। गत वर्ष मंसिरमा उनी मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षक थिए। नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेल्दा पुबुदु नै प्रशिक्षक थिए।