पदिय दुरुपयोग गर्दै निबेदनमा तोक लगाइ दिएपछि ….
दैलेख : गुराँस गाउँपालिका –७ झुजका जय बहादुर बिसीले असार ६ गते गाउँपालिकामा आर्थिक साहयताका लागि निबेदन दिए । निबेदन दिएको चार दिन पछि असार १० गते गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापालाई आवश्यक सहयोग रकम उपलब्ध गराउँनहुन भन्दै तोक आदेश गरे । तोक आदेश गरेर प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाका जानु पर्ने फाईल गाउँपालिकाका निर्वतमान अध्यक्ष खेमराज ओली कहाँ पुग्यो ।
गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले आवश्यक रकम निबेदनमा उल्लेख नगरेको भन्दै गाउँपालिकाका निर्वतमान अध्यक्ष खेमराज ओलीले पदिय दुरुपयोग गर्दै गाउँपालिकामा कार्यरत सुब्बा कर्ण बहादुर थापालाई सम्बोधन गर्दै दश हजार तोक लगाएको प्रमाण बाहिर आएको छ ।
गुराँस गाउँपालिकाको दशौँ गाउँसभा बाट करार कर्मचारीको करार सम्झौता नगर्ने निर्णय पछि गरिएको आन्दोलनले गाउँपालिकामा तोडफेड गरेपछि पुगेका पत्रकारहरु गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले भने कतिपय गल्ती हामीले ढाकछोप गरेका थियौ गाउँपालिकाकै बेइजेत हुनेगरी प्रस्तुत नहने प्रमुख प्रशासकयी अधिकृत र मेरो सल्लाह भएको थियो तर उहाँहरु आफ्नो पदीय हैसियत बिर्सेर गाउँपालिका माथीनै ढुंगामुडा गर्न थालेपछि हामी बाध्य भएर सार्वजनिक गर्दैछौ ।
गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले भने गैर जिम्मेवारी व्यक्तिले अहिलेको अध्यक्षले रकम तोकेन म तोकीदिन्छु भन्नुभएछ,कार्यकाल सकिएका अध्यक्षले स्थानीय सरकार प्रमुखको हैसियतले निवेदनमा ‘तोक’ लगाउनु स्थानीय सरकार सञ्चालन ऐन विपरीत छ । गाउँपालिकामा कार्यरत सुब्बा कर्ण थापाको मिलेमतोमा पूर्व अध्यक्षले आफ्नो कार्यकाल सकिएपछि निवेदनमा ‘तोक’ लगाइएको बिसीको आरोप छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाले गलत काम गर्ने कर्मचारीलाई कारबाही गरिने बताए । उनले भने हामीले गलत काम गर्ने कर्मचारीलाई मौखिक जवाफ मागी सकेका छौँ, उहाँले भुलचुकमा यस्तो हुन पुगेको बताउनुभएको छ, उहाँसँग पुनः लिखित जवाफ माग गरेर जवाफ चित्तबुझ्दो नआए निजामती ऐन अनुसार कारबाहीका लागि पहल गछौँ ।
यता, गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा कांग्रेस दैलेखका सचिव खेमराज ओलीले आफ्नै कार्यकालको निवेदन होला भनेर ‘तोक’ लगाएको प्रतिक्रिया दिएका छन । गाउँपालिकाका लेखा अधिकृत दिनेश दहालले दुई वटा अध्यक्षले तोक लगाएपछि आफुले भुक्तानी दिन नसकेको बताए । उनले निर्वतमान अध्यक्षले समते तोक लगाएपछी कसरी भुक्तानी दिने अप्ठ्यारो प¥यो । सहयोग माग्नेलाई समेत समस्या भयो ।