Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पालिकामा स्तरिय समन्वय बैठक सम्पन्न

सुर्खेत :  नेपालमा कोभिड पुर्नस्थापना र विकासमा योगदान पु¥याउने उद्देश्यले संचालन भएको स्थानीय शासन प्रक्रियामा प्रक्रियामा युवा संलग्नता प्रबद्र्धन (प्रोयल) परियोजनाको पालिका स्तरिय समन्वय बैठकहरु सम्पन्न भएको छ । परियोजना संचालन भएका कर्णाली प्रदेशका सुर्खेत,दैलेख र जाजरकोटका गरी पाँच पालिकामा पालिका स्तरीय समन्वय बैठक सम्पन्न गरिएको बताइएको छ ।
स्थानीय शासन प्रक्रियामा प्रक्रियामा युवा संलग्नता प्रबद्र्धन परियोजनाका प्रादेशिक संयोजक डण्डी राजउपाध्यायले युरोपियन युनियन र हेल्भेटास नेपाल संगको सहकार्यमा महिला सशक्तिकरण मञ्च दैलेखको सहजीकरणमा दैलेखको गुँरास गाँउपालिका र डुङ्गेश्वर गाँउपालिका, सुर्खेतको लेकवेशी नगरपालिका र सिम्ता गाँउपालिका, जाजरकोटको भेरी नगरपालिकामा पालिका स्तरीय समन्वय बैठक गरिएको बताए ।

उनले परियोजनाले युवाहरु समावेशी मूलक युवाप्यानल र्निमाण, संघीयता, संविधान, र स्थानीयसरकारहरूको अधिकार,भूमिका,उत्तरदायित्वहरूको बारेमा अभिमुखीकरण,अन्तरक्रियाहरू,नेतृत्व र वकालत सहित मानवअधिकार, मौलिक अधिकार, नागरिक अधिकारबारे तालिम÷कार्यशाला, पालिकाहरुमा विद्युतीय–शासनऔजारहरू स्थापना, युवा संसद संचालनगर्न सहकार्य, पालिकामा युवाहरुलाई इन्टर्नशिप, वार्षिक पालिका दिवस मनाउन पालिकाहरुसंग सहकार्य, तेश्रो पक्षीयवित्तीय सहयोग जस्ता कार्यक्रमहरु संचालन गरिने बताए ।

महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले स्थानीय सरकार संचालन ऐन बमोजीम गाउँपालिका तथा नगरपालिकामा युवाहरुको सहभागीतामा गाउँपालिकामा सुशासन प्रर्बद्धन गर्ने र युवा निति निर्माण गर्न परियोजनाले सहयोग गर्ने बताईन । उनले परियोजनाले सन २०२५ सम्म काम गर्ने बताउँदै युवाहरुलाई सशक्तिकरण गरिने बताइन ।

पालिका स्तरीय समन्वय बैठकमा सहभभागीहरुले युवा परिचालनका माध्ययमबाट समुदायलाई दिगो रुपमा शान्त, अनुशासित, र्सिजनसिल बनाउन सकिने बताउदै परियोजनाले लिएको लक्ष्य अनुसार आफुहरु समन्वय गर्न तयार रहेको बताएका थिए । उनीहरुले पछिल्लो दिनहरुमा युवाहरुमा सामाजिक काम गर्न छोडेर कुलतमा फस्ने जोखिम भइरहेको बेला युवाहरुलाई सकरात्मक कार्यमा लगाएर पालिकालाई सुशासन र पारदर्शी र युवा निति लगायत सवालमा जोड्न सक्नुै नै प्रमुख उपलब्धी भएको बताए ।