कृषि विकास कार्यालयले ग¥यो उत्कृष्ट कृषक पुरस्कृत
दैलेख : कृषि विकास कार्यालयले उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कृषि विकास कार्यालयको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट कृषक पुरस्कारबाट उनीहरूलाई पुरस्कृत गरेको हो ।जिल्ला कृषि विकास कार्यालयका अर्थ विज्ञ एवम् कार्यक्रम फोकल पर्सन झलक भण्डारीले उत्कृष्ट सहकारी,उत्कृष्ट समूह,उत्कृष्ट महिला कृषक र उत्कृष्ट पुरुष कृषकलाई पुरस्कार सहित सम्मान गरिएको जानकारी दिए । उनले उत्कृष्ट सहकारीमा हातेमालो तरकारी बिउँ प्रवर्द्धन सहकारी संस्था दुल्लु–१२ उत्कृष्ट समूहमा लक्ष्मी दलहन बाली समूह महावु –२ लाई जनही ३५ हजार रुपियाँका दरले पुरस्कृत गरिएको बताए । उनले उत्कृष्ट महिला कृषकमा सन्तोष तरकारी व्यवसाय फर्म नारायण नगरपालिका –३ की अम्बी कुमारी शर्मा र सिजापति कृषि तथा पशुपक्षी फर्म आठबिस नगरपालिका –९ का धन बहादुर सिजापतिलाई जनही २५ हजार रुपियाँका दरले पुरस्कृत गरिएको जानकारी दिए ।
पुरस्कृत हातेमालो तरकारी बिउँ प्रवर्द्धन सहकारी संस्था दुल्लु–१२ अध्यक्ष विष्णु बहादुर शाहीले कृषि कर्म बाटै धेरै युवाहरूलाई रोजगारी दिन सकिने बताउँदै त्यस तर्फ तीन तहका सरकारले आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्ने बताए । उनले सहकारीले बिउँ उत्पादन गरी विभिन्न जिल्लामा पठाउने गरेको बताउँदै चार सय किसान बिउँ उत्पादन गर्न लागेको बताए । उनले भने बिउँ उत्पादन पुर्ब नै किसानलाई बिउँको मूल्य निर्धारण गरेर पठाउने भएका कारण बिउँ उत्पादनमा किसानहरू लागि परेका छन ।
कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र थापाले जिल्लामा ब्यबसायीक रूपमा तरकारी खेती गरिरहेका ५२ जना कृषकहरू मध्ये चार जना विधागत रूपमा छनोट भएर पुरस्कृत गरिएको बताए । उनले कृषि खेतीका लागि दैलेख अत्यन्तै राम्रो जिल्ला भएको बताउँदै कृषि बाट दैलेखको समृद्धि हुने हुँदा त्यस तर्फ सबै सरोकारवाला निकाय लाग्नु पर्ने बताए ।
उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले उत्कृष्ट भएर पुरस्कार पाएका किसानलाई बधाई दिदै राज्यको लगानी अनुसार अझै प्रतिफल आउन नसकेको बताए । उनले सबै स्थानीय सरकारले कृषिमा लगानी गर्दा कृषकको दिर्घकालीन योजना हेरेर लगानी गर्नु पर्ने बताए ।