प्रदेश राजधानीमा खुल्यो गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार
सुर्खेत : जिल्लाको वीरेन्द्रनगर–६ मा गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार खुलेको छ । कलाकार एवंम् व्यवसायी हरि विष्ट र पत्रकार ज्योती कटुवालको संयुक्त लगानीमा गोरेटो खोलेका हुन् । उक्त गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले औपचारिक उद्घाटन गरेका छन् ।
नेपाली काङ्ग्रेसका सुर्खेत जिल्ला सह–सचिव समेत रहेका बारका सञ्चालक विष्टले गोरेटो बारमा रेष्टुरेण्टसँगै जुम्बा, टिपिकल डान्स, फुटसल, फेसियल लगायतका सेवा सुविधा रहेको जानकारी दिए ।गोरेटो फ्यामली रेष्ट्रो एण्ड बार कर्णालीवासीका लागि अवसरका सागै कर्णालीको कला, सस्कृती र सम्पदासँगै सबैको सारथि बन्ने विष्टको भनाई रहेको छ ।