नव नियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौँ : जनता समाजवादी पार्टी ९जसपा०का तर्फबाट नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्र कुमार सिंह र प्रदीप यादवले सोमबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
जसपाले महिन्द्रा राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर राई, सिंह र यादवलाई सरकारमा पठाएको हो। नवनियुक्त मन्त्री राईले भौतिक पूर्वाधार तथा यातायात, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। शपथ लिएसँगै मन्त्रालय पुगेर उनीहरुले आजै पदभारसमेत ग्रहण गरेका छन्।